मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएको ठाउँमा रास्वपाले मौनधारण गर्ने

हिमाल प्रेस ९ कार्तिक २०८१ २१:१८ | Friday, October 25, 2024
मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएको ठाउँमा रास्वपाले मौनधारण गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार सरकारविरुद्ध मौनधारण गर्ने भएको छ। व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएको स्थान कीर्तिपुर-२, मैत्रीनगरमा मौनधारण गर्ने भएको हो।

नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले झण्डै एक अर्ब बराबरको जग्गा दान गरेका छन्।

रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराका अनुसार मौनधारण बिहान ११ बजे सुरु हुनेछ। ‘दुई तिहाइको दम्भकारी सरकार विरुद्धको हाम्रो आन्दोलन जारी छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘१०० करोडको जग्गा दान कि घुस? सरकारको नैतिकताको मृत्युमा मौन धारण।’

सहकारीको रकम अपचलनको आरोपमा सभापति रवि लामिछानेलाई पक्राउ गरिएपछि रास्वपा निरन्तर आन्दोलनमा छ।

प्रकाशित: ९ कार्तिक २०८१ २१:१८ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast