‘मिनी संसद्’को कोरम पुर्‍याउन सभामुखले डाँके बैठक

हिमाल प्रेस ६ कार्तिक २०८१ ८:५२ | Tuesday, October 22, 2024
‘मिनी संसद्’को कोरम पुर्‍याउन सभामुखले डाँके बैठक सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले ‘मिनी संसद्’को बैठक र आगामी संसद्को ‘बिजिनेस’का विषयमा आज बिहान ११ः ३० बजे दलका सचेतक र प्रमुख सचेतक र समिति सभापतिसँग छलफल गर्दैछन्।

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सचेतक र विधेयक सभापतिहरूलाई छलफलमा बोलाउन लागेका हुन्। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन्।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
कानुन, न्याय तथा मानव अधिकार समिति अर्थ समितिका विषयमा छलफल हुने छ।

प्रकाशित: ६ कार्तिक २०८१ ८:५२ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast