काठमाडौँ- माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि ४४ हजार ५१० जनाले आवेदन दिएको शिक्षक सेवा आयोगले जनाएको छ।
जसमा कोशी ६५७४, मधेश ७२२२, बागमती १०१२५, गण्डकी ३१००, लुम्बिनी ६८०२, कर्णाली ४३१२ र सुदूरपश्चिम प्रदेश गरी जम्मा परीक्षार्थी ४४ हजार ५१० रहेका छन्।
आयोगले कात्तिक १० गते शनिबार दिउँसो १ बजे लाइसेन्सको परीक्षा लिँदै छ। गत साउन २६ गते परीक्षाका लागि विज्ञापन भएको थियो। आयोगले शुक्रबार परीक्षाका लागि केन्द्र पनि निर्धारण गरेको छ।
आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम न्यूनतम योग्यता पुगेका उम्मेदवारबाट आवेदन माग गरिएको थियो।
प्रकाशित: ३ कार्तिक २०८१ ८:०२ | Saturday, October 19, 2024
प्रतिक्रिया




