नौगाड गाउँपालिकाले माग्यो तीनै तहका शिक्षक

हिमाल प्रेस ८ कार्तिक २०८१ १६:४९ | Thursday, October 24, 2024
नौगाड गाउँपालिकाले माग्यो तीनै तहका शिक्षक

काठमाडौँ- नौगाड गाउँपालिका दार्चुलाले शिक्षक माग गरेको छ। गाउँपालिकाले मंगलबार शिक्षण सिकाइ सहयोग अनुदान कोटामा चार जना शिक्षक माग गरेको हो।

माध्यमिक तह निम्न माध्यमिक र प्राथिमक तहका लागि चार जना शिक्षक माग गरिएको गाउँपालिकाले जनाएको छ।

योग्यता भएका इच्छुक व्यक्तिले प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र तोकिएको शुल्कमा फाराम भरी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दरखास्त बुझाउनु पर्नेछ।

कात्तिक २० गते कार्यालय समयभित्र दरखास्त दिन सकिने छ। उमेरको हद १८ वर्ष पूरा भई ४० वर्षसम्म तोकिएको छ। तलब भत्ता तथा अन्य सुविधा गाउँपालिकाले तोकेअनुसार हुने जनाइएको छ।

त्यस्तै, शैक्षिक योग्यतामा माध्यमिक तह (कक्षा ९–१०) का लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी स्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेको, निम्न माध्यमिक तहका लागि सम्बन्धित विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी स्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्ने छ।

शीर्षक परिवर्तन गरिएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ १६:४९ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast