काठमाडौँ- महिला टी–२० विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ। आइतबार राति दुबईमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्डले विश्वकपको उपाधि जितेको हो।
टी–२० को इतिहासमा न्युजिल्यान्डले पहिलोपटक विश्वकपको उपाधि जितेको हो। न्युजिल्यान्डको पुरुष टिमले पनि हालसम्म क्रिकेट विश्वकपको उपाधि जित्न सकेको छैन।
टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा १५८ रनको योगफल तयार पारेको थियो।
न्युजिल्यान्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रनको योगदान दिइन्। त्यस्तै बु्रकी हैलिडेले ३८, मैडी ग्रिनले १२, सुजी बेट्सले ३२ रनको योगदान दिइन्।
दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको एल्बाले २, आयाबोन्गा खाका, कोल ट्रायन र नैडिन डि क्र्लकले १–१ विकेट लिइन्।
न्युजिल्यान्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमात्र जोड्नसक्यो। न्युजिल्यान्डले ३२ रनले पराजित गरेपछि पहिलोपटक विश्वकप उचाल्ने दक्षिण अफ्रिकाको चाहना पूरा हुनसकेन।
न्युजिल्यान्डको कसिलो बलिङसामु दक्षिण अफ्रिकाका ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। दक्षिण अफ्रिकाका लागि कप्तान लाउरा वोल्भार्टले सर्वाधिक ३३ रन बनाइन्। उनीबाहेक अन्य कुनै पनि ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्।
न्युजिल्यान्डका लागि रोजमेरी मेयर र अमेलिया केरले ३–३ तथा इडेन कार्सन, फ्रान जोन्स र बु्रकी हैलिडेले १–१ विकेट लिइन्।
दक्षिण अफ्रिकाविरूद्धको फाइनल खेलमा ३ विकेट लिएकी अमेलियालाई ‘प्लेयर अफ द म्याच’ घोषणा गरियो। त्यस्तै प्रतियोगितामा सर्वाधिक १५ विकेट लिएकी उनलाई ‘प्लेयर अफ द सिरिज’ पनि दिइएको छ।
यी हुन् टी–२० महिला विश्वकपका विजेता टिमहरू :

                                             
                                             
                                             
                                             
                                             

