महसुल नतिर्ने ३४ उद्योगको लाइन काटियो

हिमाल प्रेस ९ कार्तिक २०८१ १२:२१ | Friday, October 25, 2024
महसुल नतिर्ने ३४ उद्योगको लाइन काटियो

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको छ। महसुल तिर्नका लागि ताकेता गर्दा पनि अटेर गर्ने उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ।  गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दै वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो।

यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए। बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको उनको भनाइ छ।

प्राधिकरणले तोकेको समयसीमाभित्र आठवटा उद्योगले बक्यौता तिरेको उनले जानकारी दिए।  कुनकुन उद्योगको लाइन काटिएको भन्नेबारे उनले खुलाएनन्। तर प्राधिकरण स्रोतका अनुसार  घोराही सिमेन्ट, सोनापुर मिनरल एण्ड आयल, कसमस सिमेन्ट, एस.आर फुड्स, गोयन्का फुड्स, श्याम प्लास्टिकलगायतको लाइन काटिएको छ। प्राधिकरण सञ्चालक समितिले बक्यौता तिर्न तीन महिनाको समयसीमा दिएको थियो। 

प्रकाशित: ९ कार्तिक २०८१ १२:२१ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast