मर्मतपछि शताब्दी पुरानो झोलुंगे पुल नयाँ जस्तै

हिमाल प्रेस १४ कार्तिक २०८१ १०:१७ | Wednesday, October 30, 2024
मर्मतपछि शताब्दी पुरानो झोलुंगे पुल नयाँ जस्तै

म्याग्दी- विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मंगलाघाटमा बनाइएको झोलुंगे पुल मर्मतसम्भार भएको छ। मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ।

प्रादेशिक झोलुंगे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो।

१३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ।

 

प्रकाशित: १४ कार्तिक २०८१ १०:१७ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast