भोलि गण्डकीमा सार्वजनिक बिदा

हिमाल प्रेस ३० असोज २०८१ १३:२९ | Wednesday, October 16, 2024
भोलि गण्डकीमा सार्वजनिक बिदा गण्डकी मुख्यमन्त्री कार्यालय

पोखरा- बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन बिहीबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ। प्रदेश सरकारले कोजाग्रत पूर्णिमासहित यस वर्ष चैते दसैँ ४ वैशाख र भानुजयन्ती २९ असारमा समेत बिदा दिएको थियो।

प्रकाशित: ३० असोज २०८१ १३:२९ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast