भुर्तेलको सानदार ब्याटिङमा अमेरिकालाई नेपालको १७१ रनको लक्ष्य

हिमाल प्रेस ४ कार्तिक २०८१ ७:३१ | Sunday, October 20, 2024
भुर्तेलको सानदार ब्याटिङमा अमेरिकालाई नेपालको १७१ रनको लक्ष्य

काठमाडौँ- अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो।

नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे। ५४ बलको सामना गरेका उनले ९२ रन बनाए। कुशलले आफ्नो नवौं टी-२० अर्धशतक ३३ बलमा पूरा गरेका थिए। कुशलले २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टी २० आईमा अर्धशतक प्रहार गरेका हुन्।

कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए। ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भए। शाहले २ चौका र १ छक्का प्रहार गरेका थिए।

गुलशन झा १२ बलमा १९ रन बनाउदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिए। करण केसी १ बलमा ६ रन बनाउँदै नट आउट रहे।

घरेलु टोली अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए। पहिलो टि ट्वान्टी आई ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको छ।

 

प्रकाशित: ४ कार्तिक २०८१ ७:३१ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast