भारतीय क्रिकेटर सिराज बने डीएसपी

हिमाल प्रेस २५ असोज २०८१ २०:४१ | Friday, October 11, 2024
भारतीय क्रिकेटर सिराज बने डीएसपी

काठमाडौँ- भारतीय क्रिकेट मोहम्मद सिराज तेलंगाना प्रहरीको डीएसपीमा नियुक्त भएका छन्।

तेलंगाना प्रहरीको डीजीपीले शुक्रबार उनलाई राज्य प्रहरीको डीएसपीको नियुक्ति दिएका हुन्।

भारत र न्युजिल्यान्डबीच १६ अक्टुबरदेखि सुरू हुन लागेको श्रृंखलाअघि सिराजले राज्य सरकारको तर्फबाट यो उपहार पाएका हुन्।

भारतीय टिमले टी–२० कप जितेपछि वितेलगांनाका मुख्यमन्त्री रेवन्त रेड्डीले सिराजलाई सरकारी सेवामा जागिर दिने घोषणा गरेका थिए।

सिराजले भारतका लागि २९ टेस्ट, ४४ एकदिवसीय र १६ टी–२० म्याच खेलेका छन्।

प्रकाशित: २५ असोज २०८१ २०:४१ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast