काठमाडौँ- भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी टेस्ट रैंकिङमा पहिलो स्थानमा पुगेका छन्।
हालै सम्पन्न बंगलादेशविरूद्धको टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि बुमराह आईसीसी रैंकिङको पहिलो स्थानमा पुगेका हुन्।
यसअघि आईसीसी टेस्ट रैंकिङको पहिलो स्थानमा भारतकै स्पिन बलर रवीचन्द्रन अश्विन थिए। अश्विनलाई उछिन्दै बुमराह पहिलो स्थानमा पुगेका हुन्।
बुमराहको ८७० अंक छँदा अश्विनको ८६९ अंक रहेको छ। भारत र बंगलादेशबीच भएको टेस्ट क्रिकेट श्रृंखलामा दुवै भारतीय बलरले शानदार प्रदर्शन गरेका थिए।
टेस्ट क्रिकेटतर्फ ब्याटरहरूको रैंकिङमा भारतीय ब्याटर विराट कोहली शीर्ष १० मा फर्किएका छन्।
इंग्ल्यान्डका जो रूट ८९९ अंकसहित शीर्ष स्थानमा छन्। त्यस्तै भारतका यशस्वी जयसवाल ७९२ अंकसहित तेस्रो स्थानमा छन्।

                                             
                                             
                                             
                                             
                                             
                                             
                                             

