बुध्द एयरको जहाजमा उड्दाउड्दै समस्या

हिमाल प्रेस १ कार्तिक २०८१ ८:५६ | Thursday, October 17, 2024
बुध्द एयरको जहाजमा उड्दाउड्दै समस्या बुद्ध एयर। फाइल तस्बिर

काठमाडौँ- बुध्द एयरको उडिरहेको जहाजमा समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको छ। बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको उडान नं १००, जहाज नाइन एन-एजेएस जहाजमा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको हो।

‘दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएकाे हुँदा जहाजलाई डाइभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएकाे छ’, बुध्द एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ। प्राविधिक टाेलीले जहाज परीक्षण गरिरहेको जनाइएको छ।

 

प्रकाशित: १ कार्तिक २०८१ ८:५६ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast