बालविकास सहजकर्ताको विवरण कात्तिक १० गतेभित्र पठाउन मानव स्रोत विकास केन्द्रको अनुरोध

हिमाल प्रेस १ कार्तिक २०८१ १३:१७ | Thursday, October 17, 2024
10
SHARES
बालविकास सहजकर्ताको विवरण कात्तिक १० गतेभित्र पठाउन मानव स्रोत विकास केन्द्रको अनुरोध

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले बुटक्याम्पका लागि प्रारम्भिक बालविकास सहजकर्ताको विवरण पठाउन अनुरोध गरेको छ।

केन्द्रको प्रारम्भिक बालविकास शाखा अधिकृत धनसूदन चौलागाईंले बुटक्याम्प (सघन आवासीय तालिम) का लागि आवेदन दिने इच्छुक प्रारम्भिक बालविकास सहजकर्ताको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाईलाई अनुरोध गरेका छन्।

उनले बुधबार पठाएको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा यस केन्द्रको च.नं. ०१, मिति २०८१/०५/२८ को पत्र अनुसार बालविकास शिक्षकका लागि सञ्चालन गरिने बुटक्याम्पमा सहभागी हुन निवेदन दिने इच्छुक बालविकास शिक्षकको संख्यात्मक विवरण र तपशिलको ढाँचामा नामनामेसीसहितको विवरण (विद्युतीयप्रति) २०८१ कात्तिक १० गतेभित्र इमेल ठेगानामा पठाउनु हुन आदेशानुसार अनुरोध छ।’

विवरण पठाउने इमेल ठेगाना [email protected] रहेको छ। बालविकास शिक्षकको नामथर, स्थानीय तह, कार्यरत विद्यालय, नियुक्ति भएको सुरुको मिति, तालिम लिएको भए सो सम्बन्धी विवरण, तालिमको नाम, अवधि विवरणमा खुलाउनुपर्ने छ।

प्रकाशित: १ कार्तिक २०८१ १३:१७ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast