बायर्नमाथि बार्सिलोनाको सानदार जित, राफिन्हाको ह्याट्रिक

हिमाल प्रेस ८ कार्तिक २०८१ ८:०३ | Thursday, October 24, 2024
बायर्नमाथि बार्सिलोनाको सानदार जित, राफिन्हाको ह्याट्रिक

काठमाडौँ- कप्तान राफिन्हाको ह्याट्रिक प्रेरित बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिकमाथि ४–१ को प्रभावशाली जित निकालेको छ।

घरेलु मैदान इस्टाडी ओलम्पिकमा कप्तान राफिन्हाले एक सय खेल पूरा गरेका छन्। उनले खेलको पहिलो मिनेट, ४५ र ५६औं मिनेटमा गोल गरेका थिए। अर्को गोल रोबर्ट लेवान्डोस्कीले ३६औं मिनेटमा गरेका हुन्।

बायर्नका तर्फबाट ह्यारी केनले १८औं मिनेटमा गोल गरेका थिए। उनले खेलको दशौं मिनेटमा गोल गरेपछि भिडियो असिस्टेन रेफ्री (भीएआर)ले मान्यता दिएन। जितपछि बार्सिलोना ३ खेलबाट ६ अंक जोड्दै दशौं स्थानमा छ । समान खेलबाट ३ अंक जोडेको बायर्न २३औं स्थानमा छ ।

राति नै भएको अन्य खेलमा म्यानचेस्टर सिटीले स्पार्टक प्रागमाथि ५-० ले हरायो । इर्लिङ हालान्डले दुई गोल गरे। त्यस्तै, लिभरपुललले आरबी लाइपजिग र इन्टर मिलानले योङ ब्वाइजलाई समान १-० ले हराएका छन्।

प्रकाशित: ८ कार्तिक २०८१ ८:०३ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast