बाबुराम नेतृत्वको नेसपाले झन्डा फेर्ने

हिमाल प्रेस ५ कार्तिक २०८१ १५:३७ | Monday, October 21, 2024
बाबुराम नेतृत्वको नेसपाले झन्डा फेर्ने

पोखरा- नेपाल समाजवादी पार्टी नेसपाले आफ्नो झण्डा फेर्ने भएको छ। पोखरामा जारी पार्टीको पहिलो विधान अधिवेशनबाट झण्डा फेर्न लागिएको हो।

हालको झण्डा उपयुक्त नभएको भन्दै नेताकार्यकर्ताबाट सुझाव आएकोले झण्डा फेर्ने प्रस्ताव प्रस्तावित विधान मस्यौदामा उल्लेख गरिएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।

विधानको परिच्छेद ३ को धारा ७ मा भनिएको छ, ´पार्टीको झण्डा आयाताकार रातो पृष्ठभूमिमा पाँचवटा सेता तारा।´

उक्त झण्डा नयाँ शक्ति पार्टी बेलाकै हो। नेसपालाई नयाँ शक्तिकै रूपान्तरण भनिएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १५:३७ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast