बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

हिमाल प्रेस २ कार्तिक २०८१ १०:१४ | Friday, October 18, 2024
बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति फाइल तस्बिर।

इनरुवा (सुनसरी)– हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु १५ करोड बराबरको क्षति भएको छ। धरान उपमहानगरपालिकामा रु १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा रु एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो। इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ।

प्रकाशित: २ कार्तिक २०८१ १०:१४ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast