 प्रतीकात्मक तस्बिर।
                             प्रतीकात्मक तस्बिर।
                                            जलेश्वर – यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई रु. दुई लाख राहत प्रदान गरिएको छ।
जिल्ला विपद् व्यस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर रु. दुई लाख प्रदान गरेका हुन्।
यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उनको शव भेटिएको थियो।
                            प्रकाशित: २१ असोज  २०८१ १७:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 