‘बाढीपहिरोबाट १४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सडकमा क्षति’

हिमाल प्रेस ५ कार्तिक २०८१ १७:२५ | Monday, October 21, 2024
‘बाढीपहिरोबाट १४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सडकमा क्षति’ राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी। तस्बिर : रासस

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोजमा आएको बाढीपहिरोका कारण १४ अर्ब ३४ करोड बराबरको सडकमा क्षति भएको बताएका छन्। यस्तै उनले ९५ करोडको पुल क्षति भएको जानकारी दिए।

सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले उक्त जानकारी दिएका हुन्। उनले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केही समस्या देखिएको पनि बताए। उनले भने, ‘अहिलेको अवस्थामा संरचनाहरु बाढीपहिरोका बेला थेग्न सक्ने छ कि छैन भन्ने विषय गम्भीर देखिएको छ।’

मन्त्री दाहालले इन्जिनियर, भूगर्भविद् र वातावरणविद्को भूमिका देशमा कमजोर जस्तो देखिएकाले पूर्वाधार निर्माणको सर्भे र डिजाइनमा पुनर्विचार गर्नुपर्ने धारणा राखे। मन्त्री दाहालले सरकारले १०० दिनमा राखेको लक्ष्य अनुसार मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

प्रकाशित: ५ कार्तिक २०८१ १७:२५ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast