बागलुङमा सडक खुलेको २५ वर्षपछि स्तरोन्नति

हिमाल प्रेस १५ कार्तिक २०८१ १७:२६ | Thursday, October 31, 2024
बागलुङमा सडक खुलेको २५ वर्षपछि स्तरोन्नति प्रतिनिधिमूलक तस्बिर

बागलुङ- बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ। २५ वर्षअगाडि ‘ट्र्याक’ खुलेको सडकको यसै वर्ष स्तरोन्नति गर्न थालिएको हो। स्तरोन्नतिका ठेक्का प्रक्रिया अगाडि बढेको छ।

मध्यपहाडी लोकमार्गको काठेखोलादेखि डुडियाँ–तङ्ग्राम–धम्जा देउरालीसम्मको १८ किलोमिटर सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिए।

केन्द्र सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको ९६ लाख ५३ हजार पाँच सय २३ लागतमा सडक फराकिलो, नाली निर्माण र ग्रोभेलिङ गरिने उनको भनाइ छ।

साढे दुई दशकसम्म सडक स्तरोन्नति नहुँदा काठेखोलाको वडा नम्बर ३, ४ र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए।

दुई वर्षअगाडि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको एक करोड लागतमा सडकको विभिन्न खण्डमा काम भएको उनको भनाइ छ। उनले भने, ‘सडक खुलेको लामो समय बित्यो, यतिका समयसम्म सडकको स्तरोन्नति नहुँदा नागरिकले सास्ती खेप्नुपरेको थियो, अब सहज हुँदै जानेछ।’

प्रकाशित: १५ कार्तिक २०८१ १७:२६ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast