प्रिमियर लिग : शीर्षमा उक्लियो सिटी

हिमाल प्रेस ११ कार्तिक २०८१ ७:२० | Sunday, October 27, 2024
प्रिमियर लिग : शीर्षमा उक्लियो सिटी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अग्रता कायम गरेको छ।

सिटीले शनिबार भएको खेलमा साउथहाप्टनलाई १-० ले हरायो। सिटीका लागि एर्लिङ हालान्डले पाँचौँ मिनेटमा गोल गरेका थिए।

हालान्डको जारी प्रिमियर सिपको सो गोल नवौँ थियो। ९ खेल खेलेको सिटीको २३ तथा ८ खेल खेलेको लिभरपुलको २१ अंक छ। लिभरपुलले आइतबार आर्सनलको सामना गर्नेछ।

एएफसी बोर्नमाउथसँग १-१ गोलको बराबरी गरेको अस्टन भिल्ला तेस्रो स्थानमा छ। ९ खेलमा भिल्लाको १८ अंक छ। बर्नमाउथ १२ अंक सहित ११ औँ स्थानमा छ।

बर्नमाउथका स्ट्राइकर एभानिल्सनले गोल गरेसँगै खेल पनि सकिएको थियो। ६ सेकेन्ड इन्जुरी टाइम थपिएको खेलको अन्त्यमा बर्नमाउथले फ्रिकिक पाएको थियो। टोलीका गोलरक्षक लगायत सबै खेलाडी आक्रमणमा उत्रिएका थिए।

मार्कस टभेनियरको फ्रिकिकमा एभानिल्सनले हेड गोल गरेका हुन्। यस अघि ७६ औँ मिनेटमा रोस र्बाकलीको हेड गोलमा भिल्लाले अग्रता लिएका थियो।

अन्य खेलमा ब्रेन्टफोर्डले इप्सविचलाई ४(३ ले हरायो भने ब्रिङटन र उल्भ्सको खेलमा १-१ गोलको बराबरी भयो। एभरटन र फुलहामको बिचमा पनि १(१ गोलको बराबरी भयो।

प्रकाशित: ११ कार्तिक २०८१ ७:२० | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast