प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’ को गीत सार्वजनिक

हिमाल प्रेस ६ कार्तिक २०८१ १०:३५ | Tuesday, October 22, 2024
प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’ को गीत सार्वजनिक

काठमाडौँ- दोस्रो सातामा प्रदर्शन भइरहेकाे फिल्म ‘ज्वाइँ साब’ काे गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ। जनक ताम्राकार र महेश ताम्राकारको स्वर रहेको गीतमा हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत छ।

गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, नीति शाह, बुद्धि तामाङ र हिमेश पन्तको अभिनय छ। गीतले तीन कलाकारको यात्रालाई चित्रण गरेको छ।

फिल्मले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरिसकेको छ। राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायत कलाकारको अभिनय छ।

रेड आइ फिल्मसको ब्यानरमा बनेको फिल्ममा समीर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ। फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।

प्रकाशित: ६ कार्तिक २०८१ १०:३५ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast