पोखरा जानुअघि रविले भने : सरकार ढाल्ने बेलामा नै मलाई जेल कोच्ने सहमति गरेका थिए

हिमाल प्रेस २ कार्तिक २०८१ १८:५५ | Friday, October 18, 2024
पोखरा जानुअघि रविले भने : सरकार ढाल्ने बेलामा नै मलाई जेल कोच्ने सहमति गरेका थिए रवि लामिछाने : फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्नुअघि कांग्रेस र एमालेबीच आफूलाई जेलमा हाल्ने सहमति गरेको सूचना आफूले पाएको बताएका छन्। आज कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई लिन प्रहरी रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेको थियो। लामिछानेलाई प्रहरीले पोखरा लैजाँदै छ। त्यसअघि उनले पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफूले कुनै गलत काम नगरेको दाबी गरे।

‘हामीले कुनै पनि सम्झौता गरेका छैनौँ। सरकार ढाल्ने दिनमै जसरी भए पनि रविलाई जेल कोच्छौँ भन्ने सम्झौता भएको मैले सूचना पाएको छु,’ उनले भने, ‘म अदालति प्रक्रियालाई सम्मान गर्दै यो राजनीति प्रतिशोध साँधिएकोप्रति लड्न सबैलाई आग्रह गर्छु।’

उनले आफूले कुनै अपराध नगरेको पनि दोहोर्‍याए। राज्यले दादागिरी गरेको पनि बताए।
‘भन्न त तलाई कहाँ छोडौँला जेल कोचौँला चुनावै लड्न नदिने बनाउने भनेका छन्। मैले कुनै पनि अपराध गरेको छैन। तर राज्यले सम्पूर्ण शक्ति लगाएर जे गरेको छ त्यसविरुद्ध सबै लडौँ,’ उनले थपे, ‘राज्यले दादागिरीलाई डटेर सामना गर्न आग्रह गर्छु।’

प्रकाशित: २ कार्तिक २०८१ १८:५५ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast