‘पूर्ण बहादुरको सारङ्गी’ ले कुन हलमा कति सो पायाे?

हिमाल प्रेस १४ कार्तिक २०८१ १२:५२ | Wednesday, October 30, 2024
‘पूर्ण बहादुरको सारङ्गी’ ले कुन हलमा कति सो पायाे?

काठमाडौँ-  भोलि अर्थात् कात्तिक १५ देखि प्रदर्शन हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को बुकिङ खुलाइएको छ। देशकै ठुला मल्टिप्लेक्ससहित अन्य हलहरुले पनि बुकिङ खुलाएका हुन्।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स चेनले उपत्यकाभित्र १९ सो दिएको छ। भने उपत्यकाबाहिर फिल्मले २१ सो पाएको छ।

दोस्रो मल्टिप्लेक्स वान सिनेमाजअन्तर्गत एनबी सेन्टर, लोत्से मल र ब्यूबक्स बुटवलमा गरी फिल्मले ९ सो पाएको छ। तेस्रो मल्टिप्लेक्स आएनआई सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेन सेन्टर गरी ६ सो पाएको छ।

त्यस्तै उपत्यकाका सिके सिनेमाज र रञ्जना सिनेप्लेक्सले ५/५ सो दिएको छ। अन्य हल बिग मूभिज, बिएसआर र एफक्यूबले फिलमलाई हालसम्म ३/३ सो दिएको छ। केही हलले भने बुकिङ खुलाउने तयारी गरिरहेका छन्।

यो संगै कात्तिक १५ देखि दुई विदेशी फिल्म पनि नेपालमा प्रदर्शन हुनेछ। ‘भुल भुलैया ३’ र ‘सिंगम अगेन’। यिनीहरुको तुलनामा नेपाली फिल्मको सो संख्या कम देखिन्छ।

 फिल्ममा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुरको कथा प्रस्तुत गरिएको छ। महेश दवाडीको पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्।

फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेललगायत कलाकारको अभिनय छ।

फिल्मको ‘रैया चाँदीको’, ‘मैझारो’, ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’ बोलका गीत र ट्रेलरलाई श्रोतादर्शकले निकै रुचाएका छन्। सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

प्रकाशित: १४ कार्तिक २०८१ १२:५२ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast