आजदेखि पुनः प्रदर्शनमा ‘सानो संसार’

हिमाल प्रेस ९ कार्तिक २०८१ ११:२९ | Friday, October 25, 2024
आजदेखि पुनः प्रदर्शनमा ‘सानो संसार’

काठमाडौँ- पारिवारिक कथामा बनेको फिल्म ‘सानो संसार’ आज (कात्तिक ९) देखि देशैभर पुनः प्रदर्शन भइरहेको छ। यसअघि असोज ११ गते प्रदर्शन भएको फिल्म बाढीको कारण ३ दिनमै स्थगित गरिएको थियो।

क्यूएफएक्सको राइजिङ मलमा फिल्मको दोस्रो प्रिमियर पनि आयोजना गरिएको थियो। फिल्ममा सीतादेवी तिमल्सिना मुख्य भूमिकामा छिन्। अन्य कलाकार राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतमलगायतको अभिनय छ। यी सबै कलाकारले नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

सिद्धार्थ पुडासैनीले निर्देशन गरेको फिल्मको कथा सरिष्मा खत्री र निर्देशक स्वंयको लेखन छ। फिल्म प्रवीण खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादनमा बनेको हो। फिल्म राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा सिनेमा निर्माण गरिएको हो। अर्जुन कुमार निर्माता रहेको फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन्।

योसँगै हलमा दसैँमा प्रदर्शन भएका छक्कापञ्जा ५, १२ गाउँ, ज्वाइँ साबसहित दुई विदेशी फिल्म कलिंगा, भेनमः द लास्ट डान्स प्रदर्शनरत छ।

प्रकाशित: ९ कार्तिक २०८१ ११:२९ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast