पशुपतिको बेथितिबारे जागरण अभियानले मन्त्री पाण्डेलाई जानकारी गरायो

हिमाल प्रेस ४ कार्तिक २०८१ १३:३८ | Sunday, October 20, 2024
पशुपतिको बेथितिबारे जागरण अभियानले मन्त्री पाण्डेलाई जानकारी गरायो

काठमाडौँ- सनातन धर्मलाई कमजोर बनाउने उद्देश्यले पशुपति परिसर भित्र बाइबल वितरण भएको हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानले बताएको छ। सनातन धर्मको मुख्य धरोहर पशुपतिनाथको प्राङगणमा इसाई धर्म प्रचार हुँदा पशुपति क्षेत्र विकास कोष आँखामा पट्टी बाँधेर बसेको अभियानको आरोप छ।

अभियानका राष्ट्रिय महासचिव देवेन्द्र झाले कोषलाई पशुपति परिसरमा भएका विभिन्न बेथिति रोक्न आह्वान गरेका छन्। जागरण अभियानले आइतबार कोषलाई ज्ञापनपत्र बुझाउँदै परिसरभित्रको बेथिति रोक्न अनुरोध गरेको हो।

साथै, अभियानले हिन्दू धर्मालम्बीको आराध्यादेवमा अख्तियार दुरुपयोग निवारण आयोग र अदालतले नै प्रवेश गर्ने गरी कोषको कार्य सञ्चालन हुनु दुखद भएको टिप्पणी गरेका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ १३:३८ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast