पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

हिमाल प्रेस ४ कार्तिक २०८१ १०:५७ | Sunday, October 20, 2024
पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

काठमाडौँ- पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ।

मिश्र केही दिनअघि डेंगी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए। मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए।

मिश्रका श्रीमती र एक छोरा हुन्।

प्रकाशित: ४ कार्तिक २०८१ १०:५७ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast