परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

हिमाल प्रेस १४ कार्तिक २०८१ ११:५१ | Wednesday, October 30, 2024
परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन सेवा लम्साल । फाइल तस्बिर

काठमाडौँ- बेल्जियमका लागि राजदूतमा सिफारिस परराष्ट्र सचिव सेवा लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। बुधबार बिहान परराष्ट्र सचिव लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो।

गत भदौ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो। लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी थिइन्। उनी पहिलो महिला परराष्ट्र सचिव हुन्। उनको कार्यकाल केही महिना बाँकी थियो।

कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो।

प्रकाशित: १४ कार्तिक २०८१ ११:५१ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast