न्युजिल्यान्डविरूद्धको टेस्टमा भारत ४६ रनमै अलआउट

हिमाल प्रेस १ कार्तिक २०८१ १५:४३ | Thursday, October 17, 2024
न्युजिल्यान्डविरूद्धको टेस्टमा भारत ४६ रनमै अलआउट

काठमाडौँ- न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टको पहिलो इनिङमा भारतीय टिम ४६ रनमा अलआउट भएको छ।

वर्षाका कारण प्रभावित भएको पहिलो टेस्टको पहिलो दिन नै भारतीय टिमको प्रदर्शन खराब रह्यो।

भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। भारतको पहिलो विकेट ९ रनको स्कोरमा रोहितको रूपमा आउट भयो।

उनी केवल २ रन बनाएर टिम साउदीको बलमा बोल्ड भए। भारतका केवल दुई ब्याटर यशस्वी जयसवाल र ऋषभ पन्त दोहोरो अंकमा रन बनाए।

विराट कोहली, सरफराज खान, केएल राहुल, रवीन्द्र जडेजा र रविचन्द्रन अश्निले खातासमेत खोल्न सकेनन्।

न्युजिल्यान्डका लागि मैट हेनरी र विलियम ओरूरकीले सर्वाधिक ४–४ विकेट लिए। बेंगलुरूको चिन्नास्वामी स्टेडियममा भइरहेको टेस्ट म्याचको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको थिय

टेस्ट क्रिकेटमा भारतको न्यूनतम स्कोर

रन                              विरूद्ध                            वर्ष

३६                             अस्ट्रेलिया                  सन् २०२०

४२                             इंग्ल्यान्ड                    सन् १९७४

५८                            अस्ट्रेलिया                  सन् १९४७

५८                            इंग्ल्यान्ड                    सन् १९५२

४६                            न्युजिल्यान्ड               सन् २०२४

प्रकाशित: १ कार्तिक २०८१ १५:४३ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast