न्युजिल्यान्डले ३६ वर्षपछि भारतमा जित्यो टेस्ट, श्रृंखलामा १–० ले अग्रता

हिमाल प्रेस ४ कार्तिक २०८१ १५:०८ | Sunday, October 20, 2024
न्युजिल्यान्डले ३६ वर्षपछि भारतमा जित्यो टेस्ट, श्रृंखलामा १–० ले अग्रता

काठमाडौँ- न्युजिल्यान्डले ३६ वर्षपछि भारतीय मैदानमा टेस्ट क्रिकेट जितेको छ। तीन टेस्ट म्याचको श्रृंखलाअन्तर्गत बेंगलुरूमा खेलिएको पहिलो टेस्टमा न्युजिल्यान्डले भारतलाई पराजित गरेको हो।

न्युजिल्यान्डले सन् १९८८ पछि पहिलोपटक टेस्ट क्रिकेटमा भारतलाई घरेलु मैदानमा हराएको हो।

न्युजिल्यान्डलाई टेस्ट म्याचको अन्तिम दिन जितका लागि १०७ रन बनाउनुपर्ने थियो। दुई विकेटको क्षतिमा लक्ष्य हासिल गर्दै न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्‍यो।

योसँगै न्युजिल्यान्डले तीन टेस्ट म्याचको श्रृंखलामा १–० ले अग्रता लिएको छ। टेस्ट म्याचका पहिलो इनिङमा भारतीय टिम ४६ रनमै अलआउट भएको थियो।

जवाफमा न्युजिल्यान्डले रचिन रवीन्द्रको शतकीय इनिङको मद्तले ४०२ रन बनायो। दोस्रो इनिङमा ब्याटिङका लागि आएको भारतीय टिमले सरफराज खानको शतकीय इनिङको मदतले ४६२ रन बनाएर १०७ रनको अग्रता लियो।

न्युजिल्यान्डलाई पराजित गर्न भारतले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पर्याप्त थिएन। पाँचौँ दिन ब्याटिङका लागि मैदानमा उत्रिएको न्युजिल्यान्डले २ विकेट गुमाएर लन्चअघि जित हासिल गर्‍यो।

बेंगलुरूमा खेलिएको पहिलो टेस्टको पहिलो दिन वर्षाका कारण रद्द भएको थियो।

प्रकाशित: ४ कार्तिक २०८१ १५:०८ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast