नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

हिमाल प्रेस २५ असोज २०८१ १२:०९ | Friday, October 11, 2024
नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

म्याग्दी– बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालयले जनाएको छ।

असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार छ सय १७ जना तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन्। सन् २०२३ मा एक लाख २१ हजार तीन सय ५२ जनाले भ्रमण गरेका थिए।

उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार आठ सय ९६ जना पर्यटक भित्रएिका थिए। आठ हजार तीन सय ९७ जना मनाङ हँुदै पाँच हजार चार सय मिटर कम अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ भित्रिएका हुन्।

हाल मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिन्जा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको छ।

प्रकाशित: २५ असोज २०८१ १२:०९ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast