नेसपाको विधान मस्यौदामाथि छलफल गर्न १० समूह

हिमाल प्रेस ५ कार्तिक २०८१ १५:५७ | Monday, October 21, 2024
नेसपाको विधान मस्यौदामाथि छलफल गर्न १० समूह

पोखरा– नेपाल समाजवादी पार्टी नेसपाको विधान मस्यौदामाथि छलफल गर्न दश समूह बनाइएको छ। समूहको निर्माण गोलाप्रथाबाट गरिएको छ। एक समूहमा ४० जना हुने महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय सदस्य फणीन्द्र देवकोटाले जानकारी दिए।

गण्डकी प्रदेश गैर-भौगोलिक प्रतिनिधि रुपनारायण श्रेष्ठले अहिले विभिन्न क्षेत्रका प्रतिनिधिहरूको मिश्रित समूहरू बनाइएको बताए। उनको भनाइमा पार्टीमा यसअघि यस्तो अभ्यास थिएन।

कर्णाली प्रदेशबाट आएका एक प्रतिनिधिले भने गोलाप्रथाबाट समूह निर्माण गरिएकोमा असन्तुष्टि जनाएका छन्। उनले गोलाप्रथा भन्दा प्रदेशको आधार गरिनुपर्ने बताए। ‘विधान मस्यौदामाथि छ्लफलका निम्ति जुन समूह बनाइएको छ त्यो वैज्ञानिक छैन। गोलाप्रथाबाट होइन प्रदेशका आधारमा हुनुपर्थ्यो। भावनाको पनि कुरा हुन्छ नि!’ उनले भने।

विभिन्न जिल्ला तथा प्रदेशबाट विधान अधिवेशनमा आएका नेताकार्यकर्ताले पार्टीको नाम फेरेर नयाँ शक्ति राख्नुपर्ने बताएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रस्ताव गरेका छन्।

प्रकाशित: ५ कार्तिक २०८१ १५:५७ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast