नेसपाको नाम पछाडि झुन्ड्याइयो नयाँ शक्ति

हिमाल प्रेस ६ कार्तिक २०८१ १६:१७ | Tuesday, October 22, 2024
नेसपाको नाम पछाडि झुन्ड्याइयो नयाँ शक्ति

पोखरा- नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशनले पार्टीको नाम परिवर्तन गरेको छ।

पोखराको सभागृहमा जारी विधान प्रतिनिधिहरूले दिएका सुझावका आधार पार्टीको नाम परिवर्तन गरिएको हो।

अब पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रहने र संक्षिप्तमा नेसपा नयाँ शक्ति हुने महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले बताए।

त्यसै गरी पार्टीको झण्डा पनि परिवर्तन गरिएको छ। अधिवेशनले फिक्का रातो रङको आयतनकारमा आँखा चिह्न राख्ने गरी पारित गरेको हो।

नेसपा नयाँ शक्तिले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा गर्ने गरी महाधिवेशनको मिति तोकेको छ।

प्रकाशित: ६ कार्तिक २०८१ १६:१७ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast