नेप्से परिसूचक नौ दशमलव १९ अंकले घट्यो

हिमाल प्रेस ११ कार्तिक २०८१ १६:४६ | Sunday, October 27, 2024
नेप्से परिसूचक नौ दशमलव १९ अंकले घट्यो

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव १९ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ओरालो लागेर दुई हजार छ सय १६ दशमलव ९५ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४५ अंकले ओरालो लागेर चार सय ६९ दशमलव ८० मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको भने शेयर मूल्यमा गिरावट भएको छ।

कूल एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर रु. चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स, रिभर फल्स पावर, माई खोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

समृद्धि फाइनान्स नौ दशमलव ९९ र कालिञ्चोक दर्शनका लगानीकर्ताले नौ दशमलव ७७ प्रतिशतले कमाएका छन्। त्यस्तै, नेपाल एसबिआई बैंक छ दशमलव ७९, प्राइम बैंक चार दशमलव १७, रावा इनर्जी चार दशमलव शून्य तीन, आइसिएफसी फाइनान्स तीन दशमलव ८३ र ज्योति विकास बैंकको ऋणपत्रका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: ११ कार्तिक २०८१ १६:४६ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast