नेपाल फर्केर पार्टीका एजेण्डामा अझै सक्रिय भएर लाग्ने छु : राप्रपा महामन्त्री राणा

हिमाल प्रेस ३० असोज २०८१ १६:५० | Wednesday, October 16, 2024
नेपाल फर्केर पार्टीका एजेण्डामा अझै सक्रिय भएर लाग्ने छु : राप्रपा महामन्त्री राणा राप्रपा महामन्त्री धवलशम्शेर राणा

काठमाडौँ – क्यान्सर उपचार गरेर स्वास्थ्यलाभ गरिरहेका राप्रपाका महामन्त्री डा.धवलशम्शेर राणाले केही दिनमै राजनीतिमा सक्रिय हुने बताएका छन्।

उपचारका क्रममा भारतमा रहेका महामन्त्री राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय हुँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका हुन्।

‘जटिल रोगको उपचारबाट स्वास्थ्य भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने ऊर्जा थपिकएको छ। देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ महामन्त्री राणाले सामाजिक सञ्जालमा भनेका छन्,‘तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु।’

राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा.सुल्तान प्रधान नेतृत्वको टोलीले सल्यक्रिया गरेको थियो।

मंगलबार अस्पतालबाट डिस्चार्ज भएका उनी केही दिन मुम्बई बसेर नेपाल फर्कने छन्।

प्रकाशित: ३० असोज २०८१ १६:५० | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast