नेपालगन्जमा डेंगु संक्रमणको उच्च जोखिम, रोकथाम अभियान सुरु

हिमाल प्रेस १५ कार्तिक २०८१ १६:३५ | Thursday, October 31, 2024
नेपालगन्जमा डेंगु संक्रमणको उच्च जोखिम, रोकथाम अभियान सुरु

बाँके- नेपालगन्ज उपमहानगरपालिका डेंगु संक्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुवात गरिएको छ।

बाँके जिल्लामा हालसम्म डेंगु संक्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।

‘नेपालगन्ज डेंगु संक्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ’, उनले भने, ‘उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ।’

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेंगु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुवात गरेको उनको भनाइ छ। उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ।

प्रकाशित: १५ कार्तिक २०८१ १६:३५ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast