नेपालकै महङ्गो भनिएको गीतको भिडियो सार्वजनिक

हिमाल प्रेस १३ कार्तिक २०८१ १५:२२ | Tuesday, October 29, 2024
नेपालकै महङ्गो भनिएको गीतको भिडियो सार्वजनिक

काठमाडौँ- नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा धेरै लगानीमा बनेको गीतको भिडियो सार्वजनिक भएको छ।

ल स्टुडियो इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता विशाल खरेलको हिपप डान्स देख्न सकिन्छ।

दसैअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’ ६० लाख बढी लगानीमा बनेको निर्देशक सञ्जय न्यौपानेले बताए। गीतले नेपाली म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उनको दाबी छ।

नेपालकै महङ्गो म्युजिक भिडियोमा साम्राज्ञी र विशालकाे अभिनय

गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीकाे शब्द तथा संगीत छ। ममता गुरुङसहित गीतमा बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर छ।

सौरभ लामाले छायांकन गरेको गीतको भिडियो कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्। भिडियो लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन्।

यस्तो छ गीत

प्रकाशित: १३ कार्तिक २०८१ १५:२२ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast