निलम्बित इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

हिमाल प्रेस ३० असोज २०८१ १८:०८ | Wednesday, October 16, 2024
निलम्बित इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी इन्स्पेक्टर विनु शाही

काठमाडौँ– नेपाल प्रहरीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए।

शाही ललितपुर प्रहरी प्रभाग भैंसीपाटीमा प्रमुखको जिम्मेवारीमा हुँदा निलम्बनमा परेकी थिइन्। हनिट्र्यापमा पारेर रकम असुल गरेको धन्दामा उनको संलग्नता देखिएपछि जिल्ला अदालत ललितपुरले पक्राउ अनुमति दिएको हो।

एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको पुष्टी भएपछि छानबिनका लागि प्रहरीले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। त्यसलगत्तै उनलाई निलम्बनमा गरेर छानबिन सुरु गरिएको थियो। अधिकारी नेतृत्वको समितिले शाहीलाई मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाएको थियो।

समितिको प्रतिवेदनकै आधारमा काठमाडौँ प्रहरी परिसरले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले यही घटनामा संलग्न भएको आरोपमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल पक्राउ गरी आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको बताएको छ।

इन्स्पेक्टर विनु शाहीको जिम्मेवारी खोसियो

प्रकाशित: ३० असोज २०८१ १८:०८ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast