निर्माण व्यवसायीले दसैँ अघि पाएनन् भुक्तानी

हिमाल प्रेस २५ असोज २०८१ १५:०४ | Friday, October 11, 2024
निर्माण व्यवसायीले दसैँ अघि पाएनन् भुक्तानी

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन्।

मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए। ‘मैले दसैँ अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ,’ उनले भने, ‘हाम्रो मन्त्रालयले रु. आठ अर्ब ६६ करोड भुक्तानी दिन बाँकी छ। हामीले रु. पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेका छौँ। रु. तीन अर्ब ५० करोड जति भुक्तानी दिन बाँकी छ। भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौँ।’

मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताए।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट अझै रु. ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको बताए।

‘मुलुकका विभिन्न राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीय, प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल तथा अन्य विभिन्न आयोजना निर्माण सम्पन्न भए पनि सरकारले व्यवसायीलाई रु. ४५ अर्ब भुक्तानी गर्नुपर्ने छ, अहिलेसम्म रु. १५ अर्ब मात्र भुक्तानी पाएका छौँ,’ उनले भने, ‘निर्माण सम्झौता भएका करिब रु. छ खर्ब ५० करोडका आयोजनाको काम अगाडि कसरी बढाउने?’

प्रकाशित: २५ असोज २०८१ १५:०४ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast