निर्माणाधीन घरको छतबाट लडेर मजदूरको मृत्यु

हिमाल प्रेस ८ कार्तिक २०८१ १०:४४ | Thursday, October 24, 2024
निर्माणाधीन घरको छतबाट लडेर मजदूरको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका-५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका-३१ आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: ८ कार्तिक २०८१ १०:४४ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast