ताप्लेजुङ- हरेक वर्ष नवरात्रमा सधै भक्तजनको घुइँचो हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ। हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन्।
बडादशैँको पहिलो दिन ६३ जना पाथीभरा पुगेका छन्। गत वर्ष सोही दिन एक हजार १४८ दर्शनार्थीले पूजार्चना गरेका थिए।
बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन्।
देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादशैँ र चैतेदशैँमा धेरै भक्तजन आउने गरेका छन्।
प्रकाशित: १८ असोज २०८१ १३:११ | Friday, October 4, 2024
प्रतिक्रिया



