 
                             
                                            काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आज शुक्रबार हुने भनिएको अन्तर्वार्ता फेरि स्थगित भएको छ। बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएकाले अध्यक्ष पदका उम्मेदवारहरूको अन्तर्वार्ता स्थगित भएको हो।
अर्थसचिव डा.रामप्रसाद घिमिरेका अनुसार अध्यक्ष पदका उम्मेदवारहरू अन्तर्वार्ताका लागि मन्त्रालय आए पनि उनीहरू अन्तर्वार्ता नदिई फिर्ता भएका छन्।
बोर्डको अध्यक्ष पदका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरणका अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्ता दिन गएका थिए।
उनीहरूले यसअघि दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए। यी तीनजनालाई सिफासिस समितिले पुनः सूचना निकालेर आज बिहान आठ बजेका लागि अन्तर्वार्तामा बोलाएको थियो ।
यसअघि, सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 