धरौटीमा रिहा भए इकु

हिमाल प्रेस ६ कार्तिक २०८१ ११:४५ | Tuesday, October 22, 2024
धरौटीमा रिहा भए इकु

काठमाडौँ- कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा पक्राउ परेका कलाकार सुलेमान शंकर (इकु) धरौटीमा रिहा भएका छन्।

न्यायाधीश खिमानन्‍द भुसालको इजलासले जिल्ला अदालत काठमाडौँबाट इकुलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इकुलाई भदौ २६ गते पक्राउ गरेको थियो। कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको र नपठाएको अभियोगमा प्रकाउ गरेको थियो।

प्रकाशित: ६ कार्तिक २०८१ ११:४५ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast