देश समृद्ध बनाउन शिक्षामा सुधार गर्नुपर्छ : उपेन्द्र यादव

हिमाल प्रेस २ कार्तिक २०८१ १९:५९ | Friday, October 18, 2024
देश समृद्ध बनाउन शिक्षामा सुधार गर्नुपर्छ : उपेन्द्र यादव फाइल तस्बिर

सप्तरी- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश समृद्धि र विकासका लागि शिक्षामा सुधार ल्याउनुपर्ने बताएका छन्।

जनतासँग जसपा, नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आज (शुक्रबार) आयोजित कार्यक्रममा उनले देशलाई अगाडि बढाउन त्यसका लागि शिक्षाको विकास हुनु आवश्यक रहेको बताए।

‘सबैभन्दा बढी शिक्षा क्षेत्रको अवस्था लथालिंग भएको छ,’ अध्यक्ष यादवले भने, ‘कुनै पनि मुलुकको विकास र समृद्धिका लागि त्यो देशको जनता शिक्षित हुनुपर्छ।’ उनले देशको विकास र समृद्धिका लागि गरिबी, बेरोजगारी र भ्रष्टाचार अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको जिकिर गरे।

मधेश आन्दोलनपछि आएको संघीयता अहिलेसम्म कार्यान्वयन नभएकाले दलित उपेक्षित, महिला मधेशी जनताको अधिकार सुनिश्चित हुन नसकेको उल्लेख गर्दै अध्यक्ष यादवले ठूला पार्टी राष्ट्रिय निर्माणमा असफल भएको आरोप लगाए। शासक वर्गका कारण मधेशमा विकास नभएको भन्दै उनले गरिबी, बेरोजगारी, कमजोर शिक्षा र न्यून जनप्रतिनिधित्व देखिएको उल्लेख गरे।

प्रकाशित: २ कार्तिक २०८१ १९:५९ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast