देउडामा आधुनिक स्वाद ‘जुनकिरी’

हिमाल प्रेस २४ असोज २०८१ १४:५३ | Thursday, October 10, 2024
देउडामा आधुनिक स्वाद ‘जुनकिरी’

काठमाडौँ- सुदूरपश्चिमका उदाउँदो गायक/सर्जक मोहन क्षीतिजको शब्द/ संगीत/गायनमा तयार “जुनकिरी” गीतमा संगीत संयोजन मनोज चौलागाईंको रहेको छ।

पश्चिम देउडा संस्कृतिमा आधुनिक स्वाद प्रयोग गरि बेग्लै मिठास दिन गायक / संगीतकार  मोहन क्षीतीज सफल भएका छन्।

मिठासपूर्ण उक्त गीतको भिडियोमा कलाकारद्वय गिरी विश्वकर्मा तथा करीश्मा पार्टेलको बेजोड अभिनय देख्न सकिन्छ। साथै  बाल कलाकारको रुपमा प्रताव विश्वकर्माको कामले ध्यान तान सक्छ।

यस अघि चलचित्र “चाउरे” (प्रदर्शनको तयारीमा रहेको)मा प्रमुख भुमिक निर्वाह गरेका गिरी विश्वकर्मा रंगमञ्चका विद्यार्थी पनि हुन्। व्यस अघि उनका केहि म्यूजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् भने करीश्माको यो पहिलो म्यूजिक भिडियो हो।

रामेश्वर हु‌मागाईको छायाँकन, अनन्त घिमिरेको सम्पादन रहेको “जुनकिरी” को म्यूजिक भिडियो निर्देशन नुवाकोट निवासी कुमार गजुरेलले गरेका छन्। “जुनकिरी” यहि सोमबारबाट म्यूजिक नेपाल यूट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ।

प्रकाशित: २४ असोज २०८१ १४:५३ | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast