काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक पुबुद दासानायके राष्ट्रिय क्रिकेट टिमका मेन्टरमा नियुक्त भएका छन्।
दासानायकेलाई टिमको मेन्टरमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो।
उनलाई दुई खेलका लागि टिमको मेन्टरमा नियुक्त गरिएको क्यानले जानकारी दिएको छ। अमेरिकामा हुने आइसीसी लिग २ का खेलहरूमा उनले दासानायकेले मेन्टरको भूमिका निर्वाह गर्ने क्यानले बताएको छ।
नेपालले कात्तिक ११ गतेदेखि अमेरिका र स्कटल्यान्डविरूद्ध लिग २ का खेलहरू खेल्दैछन्।
त्यसअघि नेपालले अमेरिकाविरूद्ध शुक्रबारदेखि टी–२० श्रृंखला खेल्दैछ।
प्रकाशित: १ कार्तिक २०८१ २०:०७ | Thursday, October 17, 2024
प्रतिक्रिया





