दाङको पशुपति माविमा शिक्षक नहुँदा पठनपाठनमा समस्या

हिमाल प्रेस ९ कार्तिक २०८१ ६:३० | Friday, October 25, 2024
दाङको पशुपति माविमा शिक्षक नहुँदा पठनपाठनमा समस्या

दाङ- तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको ४ वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार हाल माविका लागि एकजना राहत र एकजना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ।

उनले भने, ‘हामीले व्यवस्थापन संकाय चलाएको ४ वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ। एक राहत र एक जनामात्र स्थायी हुनुहुन्छ, हामीले निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ।’

निजी स्रोतका शिक्षकलाई वार्षिक ११ लाख तलब दिनुपर्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताए।

निजी शिक्षकलाई आंशिक रूपमा राखिएको छ। कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब दिने गरिएको उनले बताए।

निजी शिक्षकको तलबमा वार्षिक पाँच लाख घाटा भएको उनले गुनासो गरे। अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ।

यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको उनको भनाइ छ।

गरिब, पिछडिएका वर्ग र द्वन्दपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पढाइने यो विद्यालयबाट एसईई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई नि:शुल्क गर्ने निर्णय गरेको हो।

प्रकाशित: ९ कार्तिक २०८१ ६:३० | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast