दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई सुदृढ बनाउँदै आएको छ : सभापति देउवा

हिमाल प्रेस २४ असोज २०८१ १२:०० | Thursday, October 10, 2024
दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई सुदृढ बनाउँदै आएको छ : सभापति देउवा सभापति शेरबहादुर देउवा । फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताएका छन्।

दसैँको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको बताएका छन्। ‘मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन्। दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ,’ उनले भनेका छन्, ‘हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।’

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र रहेको बताउँदै देउवाले आफूहरूबीच नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उल्लेख गरेका छन्। दसैँ एक धार्मिक र सांस्कृतिक पर्व भएको बताउँदै उनले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका छन्।

प्रकाशित: २४ असोज २०८१ १२:०० | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast