दरबारमार्गको कन्सर्ट पनि ओली सरकारको उपलब्धि

हिमाल प्रेस ७ कार्तिक २०८१ १५:३५ | Wednesday, October 23, 2024
दरबारमार्गको कन्सर्ट पनि ओली सरकारको उपलब्धि प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा असोज ३ गते काठमाडौँको दरबारमार्गमा आयोजित कन्सर्टलाई पनि सरकारको उपलब्धिका रूपमा लिएका छन्। आफू नेतृत्वको सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा बुधबार सिंहदरबारमा सम्बोधन गर्दै ओलीले सरकारले पहिलोपटक यस्तो कन्सर्ट आयोजना गरेको बताए।

उनले भने, ‘यस वर्ष भने सरकारको प्रयासमा नागरिक स्तरमा व्यापक जनसहभागितासहित संविधान दिवसलाई उल्लासमय रूपमा मनाइएको छ।’ उनले संविधान दिवसका अवसरमा पहिलोपटक ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको बताए। प्रधानमन्त्री ओलीले यसअघि संविधान सरकारी औपचारिकतामा सीमित रहँदै आएको बताए।

उनले राष्ट्रिय दिवसलाई जनताको उत्सवको रूपमा मनाइएको बताए।

प्रकाशित: ७ कार्तिक २०८१ १५:३५ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast