तिहार पर्खंदै सयपत्री-मखमली (तस्बिरहरू)

हिमाल प्रेस ९ कार्तिक २०८१ ८:२१ | Friday, October 25, 2024
तिहार पर्खंदै सयपत्री-मखमली (तस्बिरहरू) दाङको घोराही उपमहानगरपालिका–१३ मङ्गलेरीमा व्यावसायिक रुपमा गरिएको सयपत्री फूलखेती। तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्दै गएको छ।

काठमाडौँ- फूलैफूलको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ। ढकमक्क फूलेको सयपत्री–मखमली फूल तिहार पर्खंदै छन्। घर–गोठ सजाउन र काग, कुकुर, गाई, दाजुभाइलाई पूजा गर्न सयपत्री–मखमली फूल राम्रो मानिन्छन्। फूल आय आर्जनसँग पनि जोडिएको छ। हिजोआज व्यावसायिक रूपमै फूलको खेती गरिन्छ। तस्बिरमा हेर्नुहोस् फूल

रामेछापको मन्थली नगरपालिका वडा नं ५ डाँडागाउँका स्थानीय रामबहादुर शाहीले व्यावसायिक रुपमा पाँच रोपनी जमिनमा गरेको सयपत्री फूल र ड्रागन फ्रुट खेती। तिहार नजिकिएसँगै उनको बगैँचाबाट प्रतिकिलो २५० मा सयपत्री फूल बिक्री हुँदै आएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरमा आजदेखि सुरु भएको १७औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीमा राखिएका फूल।
दाङको घोराही उपमहानगरपालिका–१४ रतनपुर झिगौरामा एग्रोमार्टले व्यवसायिक रुपमा खेती गरेको मखमली फूल। फूल टिपेर तिहारका लागि माला बनाउने तयारी मार्टले गरेको छ।
काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित कल्लाबारीमा व्यवसायिक रुपमा गरिएको सयपत्री फूलखेती।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ स्थित झारखण्डी तालमा फुलेका कमल।
दाङको शान्तिनगर गाउँपालिका-६ सुनडबरीका इजन केसीले व्यावसायिक रुपमा गरेको सयपत्री फूलखेती।

 

दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा भाष्कर पंगेनी र दशरथ साउदको तिहारलक्षित सयपत्री फूलखेती।
दाङको झिंगौराका लोकेन्द्र रोका मगरले तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा गरेको सयपत्री फूलखेती।
तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुन्डुका महिला बिक्रीका लागि उनेको मखमली फूलको माला मिलाएर राख्दै।
तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका महिला मखमली फूलको माला उन्दै।
भक्तपुरको गुन्डुकी महिला माला उन्न मखमली फूल टिप्दै।

सबै तस्बिर : रासस

प्रकाशित: ९ कार्तिक २०८१ ८:२१ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast