तपाईँको राशिफल : सिंह- धन लाभ, कर्कट- परिवारले राम्रो साथ दिने

हिमाल प्रेस ३ कार्तिक २०८१ ६:१९ | Saturday, October 19, 2024
तपाईँको राशिफल : सिंह- धन लाभ, कर्कट- परिवारले राम्रो साथ दिने

आज मिति २०८१, कात्तिक ३ गते शनिबार। कात्तिक कृष्ण द्वितीया तिथि। पञ्चाङ्ग सिद्धि गर भरणी। तदनुसार २०२४ अक्टाेबर १९। आज यस्तो छ तपाईँको राशिफल।

मेष

राजनीतिक संगठनमा तपाईंको राम्रो पहुँच विस्तार हुनेछ। बाहिरको खानपानले रोग बढ्ने खतरा छ। कामको जिम्मेवारी परिवारलाई दिन सक्नुहुनेछ।

वृष

बौद्धिक क्षेत्रमा शुभग्रह रहेका छन्। शिक्षाको क्षेत्रमा लगानी गरेमा सफलता मिल्नेछ। तपाईंको आलोचना गर्ने साथी संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मिथुन

लगानीका क्षेत्र धेरै छन्। स्वदेशमा लगानीको विकल्प खोज्नु राम्रो हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो काम गर्न सक्नुहुन्छ। जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

कर्कट

प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यको ख्याल गर्नुहोला।

सिंह

धन स्थानमा शुभग्रह रहेकाले आर्थिक लाभ हुनेछ। अग्रजको सहयोग लिएमा महत्त्वपूर्ण काम बन्नेछ। लगानी गरेको भए फाइदा हुने योग छ।

कन्या

व्यापारमा तपाईंलाई फाइदा हुनेछ। धनका पछाडि लाग्दा संस्कार भुल्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ।

तुला

परोपकार गर्ने बानीले तपाईंको समय अर्कोको लागि खर्च हुनेछ। समय दिन नसक्दा परिवारमा खटपटी बढ्नसक्छ।

वृश्चिक

रुखमा चढाएर फेद काट्नेको संख्या बढेकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले गाह्रो अवस्थामा साथ दिने योग छ।

धनु

मन प्रशन्न रहनेछ। अदालती लफडा भइरहेको भए तपाईंको पक्षमा न्याय हुनेछ। गुरुबाट असहयोग हुनसक्छ। बोलीमा नम्रता अवश्यक देखिन्छ। राम्रो काम गर्नु अगाडि अग्रजको सल्लाह लिनु आवश्यक देखिन्छ।

मकर

सञ्चित धन खर्च हुनेछ। परिवारमा मनमुटाव हुनु शनिदेवका लक्षण हुन्। बिहान पिपलको दर्शन गर्नुभएमा दिन सरल र शान्त बन्नेछ।

कुम्भ

शुभग्रहको बहुमत भएकाले लगानीका क्षेत्रमा राम्रो उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले भने तपाईंलाई शंकाको घेरामा राख्नेछन्।

मीन

धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्ने दिन छ। सानो कुराले मनमा खटपटी बढ्नसक्छ। मनलाई फराकिलो बनाउनुपर्ने देखिन्छ।

प्रकाशित: ३ कार्तिक २०८१ ६:१९ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast